काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ४०० रुपैयाँ थियो। तर सोमबार भने छापावाला सुनको भाउ प्रतितोला ९८ हजार २०० र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्यमा भने गिरावट आएको छ । सोमबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम रहेको चाँदी मंगलबार भने ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा खरिदबिक्री भएको छ । तर बुधबार भने तोलामा ५ रुपैयाले घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा खरिदबिक्री भएको छ ।