Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

दैनिकी न्यूज

४, भाद्र २०७७
तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
images

काठमाडौं । प्रहरीले चितवन र कैलालीबाट तास खेलीरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ ।

चितवन, भरतपुर महानगरपालिका–११ अमरचोक बस्ने २४ वर्षीय सागर कुमालको घरमा तास खेलिरहेको अवस्थामा सागर समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी भोजाडबाट खटिएको प्रहरीले उनीहरुलाई ८४ हजार १ सय ६५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका–३ बस्ने ३३ वर्षीय सन्तोष श्रेष्ठ समेत ४ जनालाई नगद ७९ हजार रुपैयाँ र ३ बुक ताससहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने युवराज भण्डारीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - १३:५०:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology