Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

दैनिकी न्यूज

४, भाद्र २०७७
तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
images

काठमाडौं । प्रहरीले चितवन र कैलालीबाट तास खेलीरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ ।

चितवन, भरतपुर महानगरपालिका–११ अमरचोक बस्ने २४ वर्षीय सागर कुमालको घरमा तास खेलिरहेको अवस्थामा सागर समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी भोजाडबाट खटिएको प्रहरीले उनीहरुलाई ८४ हजार १ सय ६५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका–३ बस्ने ३३ वर्षीय सन्तोष श्रेष्ठ समेत ४ जनालाई नगद ७९ हजार रुपैयाँ र ३ बुक ताससहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने युवराज भण्डारीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - १३:५०:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology