काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ६.२८ अंकले बढेको छ ।
नेप्से परिसूचक ६.२८ अंकको बढेर १ हजार ३९७ दशमलव ५७ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.३० अंकले बढेर २८८ दशमलव ३६ को विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन १८२ कम्पनीको १२ लाख १४ हजार ५१४ कित्ता शेयरको किनबेच भई ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ८ हजार ३२६ वटा कारोबार भएको छ ।
आज दिन होटल्स समूह र म्युचल फण्ड बाहेक कारोबारमा आएका १० वटा समूहको शेयर मुल्य बढेको छ । यस दिन बैकिङ समूह ५.४२ अंक, व्यापार समूह २०.११ अंक, विकास बैंक समूह ४.२२ अंक, जलविद्युत समूह ७.४२ अंक, वित्त समूह २.८५ अंक, निर्जिवन विमा समूह ३२.४१ अंक, उत्पादन समूह २१.७३ अंक, अन्य समूह ०.००९ अंक, लघुवित्त समूह १२.०२ अंक, जीवन विमा समूह ५६.८२ अंकले बढेको छ । उिता होटल्स समूह ४.३६ अंक र म्युचल फण्ड समुह ०.०१ अंकले घटेको छ ।
यो दिन नेको इन्स्योरेन्सले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र ३ करोड २ लाख १० हजार ८३९० रुपैया बराबरको कारोबार भयो । यसैगरी नागरिक लगानी कोषको २ करोड ३९ लाख २४ हजार १५१, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ३० लाख १७ हजार ८१४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज समृद्धि फाइनान्स कम्पनीका सेयरधनीहरुले उच्च कमाए । यस कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशतले बढेर पोजिटिभ सर्किट लाग्यो । सिभिल लघुवित्तको ५.७५ प्रतिशत, शिाल बजार कम्पनीको ५.५२ प्रतिशतले बढ्यो ।
यो दिन जोशी हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ६.४५ प्रतिशतले गिरावट आयो । त्यस्तै साधाना लघुवित्तको २.९९ प्रतिशत, मल्टीप्रपोज फाइनान्स कम्पनीको २.७८ प्रतिशतले गिरावट आयो ।