काठमाडौं । रिलायन्स लाइफले बिहीवारदेखि विक्री खुला गरेको आईपीओ पहिलो दिनमै २७ लाख ३० हजार १३० कित्ता विकेको छ ।
विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार बिहीवार ४ स् ३० बजेसम्म ५५ हजार २८४ जना आवेदकहरुले उक्त कित्ताको आईपीओ खरीदका लागि आवेदन दिएका हुन् ।
कम्पनीले सर्वसाधारणका लागि कुल ६३ लाख कित्तामध्ये ५६ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।
कम्पनीले प्रतिशेयर रू। १०० अंकित दरको कुल ६३ लाख कित्तामध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित पश्चात बाँकी रहेको शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।
उक्त आईपीओ खरीदका लागि छिटोमा भदौ ८ गते र ढिलोमा भदौ २२ गतेसम्मको समय तोकिएको छ ।
उक्त कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्म माग गर्न सकिनेछ । प्राथमिक बजारमा सार्वजनिक निष्कासनका क्रममा आस्बा सेवा अनिवार्य गरिएकाले आईपीओ खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत घरमै बसेर आवेदन दिन सकिनेछ ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित उक्त कम्पनीले आईपीओ विक्री गर्न साउन १६ गते अनुमति पाएको थियो । हाल रू. १ अर्ब ४७ करोड चुक्तापूँजी रहेको उक्त कम्पनीले बीमा समितिले तोके बमोजिम रू। २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ जारी गर्न लागेको हो ।
आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड पुग्नेछ । आईपीओ पश्चात कम्पनीमा शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत कायम हुनेछ । आर्थिक अभियानमा खबर छ ।