काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आइपीओ दोश्रो दिनमै मागभन्दा धेरै आवेदन परेको छ ।
शुक्रबार ४ः३० बजेसम्म रिलायन्सको आइपीओमा मागभन्दा २.२३ गुणा बढी आवेदन परेको हो ।
निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो अवधिसम्म रिलायन्सको आइपीओमा २ लाख ९३ हजार ९२५ वटा आवेदनबाट १ करोड २६ लाख ७० हजार ९६० कित्ता माग भएको हो।
पहिलो दिन आइतबार यही समयसम्म आइपीओ खरीदका लागि ५५ हजार २८४ जनाले २७ लाख ३० हजार १३० कित्ता खरीदका लागि आवेदन दिएका थिए ।
कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु।. १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो।
लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम ६३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा भदौ ८ गतेसम्म हुनेछ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरु वा ‘मेरो सेयर’ बाट खरिद आवेदन दिन सक्नेछन्।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।