Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शुक्रबार ललितपुरमा भेटिए थप २२ कोरोना संक्रमित, हेर्नुहोस कुन पालिकामा कति ?

शुक्रबार ललितपुरमा भेटिए थप २२ कोरोना संक्रमित, हेर्नुहोस कुन पालिकामा कति ?

दैनिकी न्यूज

५, भाद्र २०७७
शुक्रबार ललितपुरमा भेटिए थप २२ कोरोना संक्रमित, हेर्नुहोस कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा शुक्रबार थप २२ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानका २२ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये १० महिला र १२ पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका ६ महिला, ७ पुरुष गरी जम्मा १३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ५ पुरुष, ४ महिला गरी ९ जनामा पनि कोरोना पोजिटिभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

1.jpg

योसँगै ललितपुर जिल्लामा ४३५ जना कोरानाबाट संक्रमित भएका छन्, जसमध्ये महिला १७८ र पुरुष २५७ जना रहेका छन् ।

images
प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - २०:३५:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology