ललितपुर । जिल्लामा रहेका एक महानगरसहित दुई वटा नगरपालिकामा कोरोना संक्रमितको संख्या निरन्तर बढीरहेको छ । शनिबार एकैदिन जिल्लामा २० जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । जसमा सबैभन्दा बढी ललितपुर महानगरमा पुष्टि भएको छ । महानगरमा १० महिला र ८ जना पुरुष गरी १८ जनालाई कोरोना संक्रमण भएको छ । यस्तै महालक्ष्मी नगरपालिकामा एकजना पुरुष र गोदावरी नगरपालिकाको थप एक जना पुरुषमा समेत कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
महानगरसहित दुईवटा नगरपालिकामा शुक्रबार २२ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो दिन तीनै नगरमा संक्रमितको संख्या बढ्दै गएको र उनीहरुको यात्रा विवरण लिएर घरमै र अस्पतालमा आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।