Logo

सोमवार, श्रावण २५ गते २०८३

images

विदेशबाट फर्काएका राख्ने होटल तयार, यी हुन् ठाउँहरु, यस्तो छ मूल्यूसूचि

विदेशबाट फर्काएका राख्ने होटल तयार, यी हुन् ठाउँहरु, यस्तो छ मूल्यूसूचि

दैनिकी न्यूज

७, भाद्र २०७७
विदेशबाट फर्काएका राख्ने होटल तयार, यी हुन् ठाउँहरु,  यस्तो छ मूल्यूसूचि
images

काठमाडौं । चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टाइनमा राख्न तयार पारेको होटलको सूची र मूल्य सरकारले सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका होटलमा तीन हजार ५०० शय्या क्षमता रहेको छ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० ले यही भदौ २ गते कोभिड–१९ विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ बमोजिम विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने र स्वेच्छाले होटल क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई राख्न होटल सूचीकृत गर्ने निर्णय गरेको थियो।

पर्यटन विभागले बिहीबार क्वारेन्टाइन प्रयोजनार्थ होटलको विवरण र मूल्य जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई उपलब्ध गराएको थियो। तारे होटलदेखि सामान्य पर्यटकीय स्तरका होटलको सूची र मूल्य सार्वजनिक गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तीसपुतली, दरबार मार्ग, सानो गौचरण, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटललाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिने छ।

विभागले क्वारेन्टाइनमा प्रयोग गरिने पर्यटक स्तरका होटलको मूल्य र खानाको सूची पनि सार्वजनिक गरेको छ। पाँच तारे होटलमा एकल नौ हजार र दुई जना साझेदारीमा बस्नेका लागि प्रतिव्यक्ति छ हजार रुपैया तोकिएको छ। यस्तै चारतारे होटलमा एकल आठ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति पाँच हजार ५ सय, तीन तारे तथा डिलक्स रिसोर्टमा एक जनाको छ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति पाँच हजार, दुई तारेमा एकल पाँच हजार र दुई जना भएमा प्रतिव्यक्ति तीन हजार ५ सय, एक तारेमा एकल चार हजार र दुई जना भएमा प्रतिव्यक्ति दुई हजार ५ सय तथा पर्यटक स्तरको होटलमा एकल दुई हजार ८ सय र दुई जना भएमा प्रतिव्यक्ति एक हजार ८ सय रुपैया तोकिएको छ। उक्त रकममा खानाको मूल्य पनि समेटिएको छ। पर्यटक स्तरको होटलले लागि दिनको चार पटक दिइने खानाको मेनु पनि तोकेको छ। पर्यटक स्तरको होटलले क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई बिहानको नास्ता, खाना, खाजा र बेलुकाको खाना खुवाउनुपर्नेछ। तारे होटलले खुवाउने खाना आफ्नै ढङ्गको हुनेछ। सरकारले चार्टर्ड उडानमार्फत कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने निर्णय गरिसकेको छ। त्यसरी विदेशबाट उद्धार गरिएको व्यक्ति कम्तीमा पनि एक साता होटल क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ। कोभिड–१९ महामारीका बीचमा यही भदौ ३ गतेसम्म ५९ देशबाट करिब ५२ हजार नेपाली स्वदेश फर्किका छन्।

images
प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - ०७:१४:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology