ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २३ इसिमोडस्थित राजेन्द्र महर्जनको टहरामा तास खेलिरहेको अवस्थामा महर्जनसमेत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने अन्यमा ललितपुर धापाखेल घर भई बस्ने वर्ष ३९ को रवि महर्जन, वर्ष ३९ को सुमन केसी, वर्ष ३९ को कोहर्ष सुन्दर महर्जन, वर्ष ३६ को राज कुमार राना मगर, वडा नं. २४ बस्ने वर्ष ४५ को सन्जिव बानियाँ, वडा नं. १५ खुमलटार बस्ने वर्ष ३९ को श्याम घिमिरे, वर्ष ३९ को शक्ति घिमिरे, सिन्धुपाल्चोक घर भई हाल धापाखेल बस्ने वर्ष ३१ को जयकृष्ण वैद्य, मकवानपुर घर भै हाल धापाखेल बस्ने वर्ष ४१ को किरण वाईवा र चितवन राप्ती–७ भर भई धापाखेल बस्ने वर्ष ३९ को धिरेन्द्र चौधरी रहेका छन् ।
उक्त टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सातदोवाटोबाट प्रहरी निरीक्षक श्यामकुमार कटुवालको नेतृत्वमा गएको १५ जना प्रहरी टोलीले नगद १ लाख ७९ हजार रुपैयाँ र १ बुक तास सहित पक्राउ नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।