Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यी हुन् गोदावरी नगरपालिकामा कोरोना पोजिटिभ देखिएका १० क्षेत्र

यी हुन् गोदावरी नगरपालिकामा कोरोना पोजिटिभ देखिएका १० क्षेत्र

दैनिकी न्यूज

७, भाद्र २०७७
यी हुन् गोदावरी नगरपालिकामा कोरोना पोजिटिभ देखिएका १० क्षेत्र
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा कोरोनाभाइरस संक्रमण दर बढ्दै गएको छ ।

शनिबार बेलुकासम्म नगरपालिकामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए । उनका अनुसार २ जनाको पुरा ठेगाना नखुलेको र अन्य ३ जना अन्य स्थानीय तहको रहेका छन् । सिलवालले भने, ‘गोदावरी नगरपालिकाले २१० जनाको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा ११ जनामा पोजिटिभ देखिएको छ ।’ गोदामचौरमा १ जना, गोदावरीमा १ जना, बडिखेलमा १ जना, डुकुछापमा ११ जना, ठेचोमा २ जना र झरुवारासीमा ३ जना होम आईसोलेसनमा बसेको उनले बताए ।

गोदावरीको डुकुछाप क्षेत्र सबैभन्दा बढी जोखिममा देखिएको छ । त्यसपछि चापागाउँ, गोदावरी, ठैव बाडेगाउँ क्षेत्रमा बढी संक्रमण देखिएका छन ।

शनिबार बेलुकासम्म गोदावरीमा ४२ जना संक्रमित भेटिएका स्थान यसप्रकार छनः–

डुकुछाप
गोदावरी नगरपालिकाको वडा नम्बर ८ स्थित डुकुछाप क्षेत्र कोरोनाको हटस्पट देखिएको छ । वडासचिव मुकुन्द घिमिरेका अनुसार त्यहाँ ४ पुरुष र ४ महिला गरी ८ जना कोरोना संक्रमित भेटिइसकेका छन् । डुकुछापको पनि दनुवार बस्ती बढी जोखिम देखिएको छ । घिमिरेका अनुसार डुकुछापमा देखिएका सबै स्थानीय बासिन्दा रहेका छन्, उनीहरुको ट्राभल हिस्टी छैन । ११

चापागाउँ
साविकको चापागाउँ गाविसलाई फुटाएर अहिलेको गोदावरी नगरपालिकाको १० र ११ नम्बर वडा बनाइएको छ । वडा नं.१० मा ४ पुरुष र १ महिला गरी ५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
त्यस्तै वडा नं. ११ मा ४ पुरुष र २ महिला गरी ६ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

चापागाउँ क्षेत्रमा ११ जना कोरोना संक्रमित भेटिएकोले यो क्षेत्र पनि जोखिमयुक्त देखिएको छ ।

यस क्षेत्र दक्षिण ललितपुरको व्यापारिक केन्द्र विन्दु रहेको छ । घना तथा पुरानो बस्ती रहेको छ ।

गोदावरी
नगरको वडा नम्बर ३ स्थित गोदावरी क्षेत्र पर्यटकीय क्षेत्र रहेको छ । प्रवक्ता मिलन सिलवालका अनुसार यस क्षेत्रमा पनि ३ पुरुष र २ महिला गरी ५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

ठैव बाडेगाउँ
गोदावरी नगरपालिकाको वडा नं. १४ ठैव बाडेगाउँमा ३ पुरुष र १ महिलागरी ४ जनामा पोजिटिभ केस देखिएको छ ।

गोदावरी १ (गोदामचौर)
पुरुष १, महिला १ गरी २ जनामा कोरोना पोजिटिभ

गोदावरी २ (विशंखुनारायण)
कोही पनि संक्रमित भेटिएको छै न।

वडा नं. ४ (वडीखेल)
पुरुष १, महिला १ गरी २ जनामा पोजिटिभ

वडा नं. ५ (लेले)
१ पुरुषमा कोरोजना पोजिटिभ

वडा नं. ६ (लेले टिकाभैरव)
कोरोना पोजिटिभ देखिएको छैन ।

वडा नं. ७ (देवीचौर)
कोरोना पोजिटिभ देखिएको छैन ।

वडा नं. ९ (छम्पी)
कोरोना पोजिटिभ देखिएको छैन ।

वडा नं. १२ (ठेचो)
२ पुरुष र १ महिलामा गरी ३ जनामा कोरोना पोजिटिभ देखिएको

वडा नं. १३ (झरुवाराशी)
१ महिलामा पोजिटिभ देखिएको

images
प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - १४:२०:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology