Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

८, भाद्र २०७७
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
images

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बाह्रदर्शी गाउँपालिका(३ बस्ने नरप्रसाद पनेरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ माघ २१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ३ लाख ३९ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले निजकै घरबाट फेला पारी पक्राउ गरेको हो ।

पनेरुलाई कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - १५:४०:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology