Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

८, भाद्र २०७७
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
images

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बाह्रदर्शी गाउँपालिका(३ बस्ने नरप्रसाद पनेरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ माघ २१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ३ लाख ३९ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले निजकै घरबाट फेला पारी पक्राउ गरेको हो ।

पनेरुलाई कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - १५:४०:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology