काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खु भुवनेश्वरी मन्दिर नजिकै टहरामा तास खेलिरहेको अवस्थामा धादिङ निलकण्ठ नगरपालिका(११ घर भई हाल सोही महानगरपालिका वडा नं. १४ बल्खु बस्ने ३१ वर्षीय कुमार गुरुङ लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९४ हजार ४ सय ७० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।