काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रति तोला ९७ लाख ९०० रुपैयँमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार तोलामा ७०० रुपैयाँले घटेर प्रति तोला ९७ हजार २०० रुपैयाँ कायम भएको छ ।
यस्तै आज तेजावी सुन प्रति तोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार चाँदी प्रति तोला १ हजार ३२० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।