काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । मंगलबार कम्पनीको १ करोड १३ लाख २६ हजार ८२१ कित्ता साधारण शेयर सूचिकृत गर्ने सम्झौता भएको हो ।
कम्पनीको शेयर कारोबार भोलीबाट हुने नेप्सेले जनाएको छ ।
नेप्सले पहिलो कारोबारको लागि कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता १०२ रुपैयाँ ६ पैसादेखि ३०६ रुपैयाँ १८ पैसा तोकेको छ । जसको कारोबारकोड एनआरएन दिएको छ ।