Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार पनि बढ्यो शेयर बजार, यी कम्पनीका लगानीकर्ता भए मालामाल

मंगलबार पनि बढ्यो शेयर बजार, यी कम्पनीका लगानीकर्ता भए मालामाल

दैनिकी न्यूज

९, भाद्र २०७७
मंगलबार पनि बढ्यो शेयर बजार, यी कम्पनीका लगानीकर्ता भए मालामाल
images

काठमाडौँ। पछिल्ला केहि दिन देखि लगातार नेप्से बढिरहदा सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । केहि दिन देखि उकालो लागेको नेप्से सूचक आज पनि बढेर बजार बन्द भएको छ।
सोमबार दोहोरो अंकले बढेको नेप्से मंगलबार भने ९.३४ अंकले बढेर १ हजार ४ सय ४० दशमलब ९४ अंकमा पुगेर बजार बन्द भएको छ।

यस दिन १८९ कम्पनीको ३९ लाख ४० हजार ६ सय ९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८५ करोड ५१ लाख ८० हजार ५ सय १० रुपैयाको कारोबार भएको छ।
यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि कम भएको छ। अघिल्लो दिन १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयरको किनबेच भई २ अर्ब १३ करोड ९२ लाख २ हजार ७५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै सोमबार २७ हजार ५६६ वटा कारोबार भएकोमा मंगलबार भने २४ हजार १ सय १ वटा मात्रै कारोबार भएको छ ।

ट्रेडिङ, उत्पादन र म्युचल फण्ड समूह बाहेक सबै समूहहरु बढेको यस दिन सबै भन्दा धेरै कारोबार भने नेपाल पुनर्बिमा कम्पनीको भएको छ यस दिन यो कम्पनीको २८ करोड ७४ लाख ५ हजार ८ सय ९८ रुपैया को सेयर किनबेच भएको छ।


त्यस्तै यस दिन सबै भन्दा धेरै कमाउने पनि नेपाल पुनर्बिमा कम्पनीका लगानीकर्ता रहेका छन्। यस दिन यस कम्पनीको सेयर मूल्य ७.६९ प्रतिशत अर्थात् ४८ अंकले बढेको छ।

यस दिन धेरै कमाउने अन्य कम्पनीमा आशा लघुवित्त (६.१९%) ,सुर्य लाइफ इन्सुरेन्स कम्पनि ( ५.९१%), पन्चकन्य माइ हाइड्रोपावर (५%) प्राइम लाइफ इन्सोरेन्स कम्पनि ( ४.७४%) रहेका छन्।

त्यस्तै यस दिन धेरै गुमाउनेमा सम्वृद्धि फाइनान्स कम्पनीका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीको सेयर मूल्य ६.५४ प्रतिशतले कमि आएको छ।

images
प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - १६:०८:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology