Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार पनि शेयर बजारमा छायो हरियाली, यी कम्पनीका लगानीकर्ताहरु भए मालामाल

बुधबार पनि शेयर बजारमा छायो हरियाली, यी कम्पनीका लगानीकर्ताहरु भए मालामाल

दैनिकी न्यूज

१०, भाद्र २०७७
बुधबार पनि शेयर बजारमा छायो हरियाली, यी कम्पनीका लगानीकर्ताहरु भए मालामाल
images

काठमाडौँ। पछिल्ला केहि दिन देखि लगातार नेप्से बढिरहदा सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । केही दिनदेखि उकालो लागेको नेप्से सूचक आज पनि बढेर बजार बन्द भएको छ ।

नेप्से परिसूचक २१.१० अंकको बढेर १ हजार ४६२ दशमलव शून्य ३ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.७७ अंकले बढेर २९८ दशमलव ७७ को विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन १८६ कम्पनीको ५८ लाख ८२ हजार १०१ कित्ता शेयरको किनबेच भई २ अर्ब ६५ करोड ६१ लाख ६३ हजार ७३० रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ३४ हजार ६२० वटा कारोबार भएको छ ।

आज दिन व्यापार र जीवन विमासमूह बाहेक कारोबारमा आएका १० वटा समूहको शेयर मुल्य बढेको छ । यस दिन बैकिङ समूह २२.९३ अंक, होटल्स समूह ३.४ अंक, विकास बैंक समूह २५.०४ अंक, जलविद्युत समूह ११.२५ प्रतिशत, वित्त समूह १.२७ अंक, निर्जिवन विमा समूह ५१.६२ अंक, उत्पादन समूह ७.३५ अंक, अन्य समूह १७.२९ अंक, लघुवित्त समूह ४१.१४ अंक, र म्युचल फण्ड समूह ०.१६ अंकले बढेको छ । उता व्यापार समूह १.१३ अंक र जीवन विमा १७.९७ अंकले घटेको छ ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र ३४ करोड ९२ लाख ५४ हजार ८२३ रुपैयाँ बराबरको कारोबार भयो । यसैगरी नेको इन्स्योरेन्स कम्पनीको १३ करोड ७८ लाख ७७ हजार २४५ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड ५२ लाख १० हजार ४८३ रुपैयाँ, एनआईसी एशिया बैंकको १० करोड ४० लाख ९६ हजार ७६ रुपैयाँ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेपाल फाइनान्सका सेयरधनीहरुले उच्च कमाए । यस कम्पनीको शेयर मूल्य ७.४७ प्रतिशतले बढ्यो । नेपाल पुनर्बिमा कम्पनीको शेयर मूल्य ५.९५ प्रतिशत, स्वाभिमान लघुवित्तको ५.३५ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट बैंकको प्रमोट शेयरको ५.०४ प्रतिशत, प्रभु बैंकको ४.७० प्रतिशतले शेयर मूल्य बढ्यो ।

यो दिन समृद्धि फाइनान्स कम्पनीका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ९.७९ प्रतिशतले गिरावट आयो । त्यस्तै गुहेश्वरी मर्चेण्ड एण्ड फाइनान्स कम्पनीको ३.९४ प्रतिशत, आँखुखोला जलविद्यूत कम्पनीको ३.६४ प्रतिशत, अरुण काबेली ३.३१ प्रतिशत, जोशी हाइड्रोपावरको ३.२८ प्रतिशतले गिरावट आयो ।


images
प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १५:३५:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology