काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७६/७६ को कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।
लघुवित्तको भदौ १० गते बुधबार बसेको सञ्चालक समितिको १६८ औं बैठकले ९.५० प्रतिशतका दरले हुन आउने ७ करोड ६० लाख रुपैयाँ बराबरको बोनस र करसहित ४.१८ प्रतिशतले हुन आउने ३ करोड ३५ लाख ४ हजार रुपैयाँ नगद लाभांश गरी कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र लघुवित्तको अगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरु हकदार हुनेछन् ।