Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बिहीबार ललितपुरमा थप ४७ जनामा कोरोना संक्रमण, हेर्नुहोस कुन पालिकामा कति ?

बिहीबार ललितपुरमा थप ४७ जनामा कोरोना संक्रमण, हेर्नुहोस कुन पालिकामा कति ?

दैनिकी न्यूज

११, भाद्र २०७७
बिहीबार ललितपुरमा थप ४७ जनामा कोरोना संक्रमण, हेर्नुहोस कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा बुधबार थप ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी, गोदावरी नगरपालिका र बागमती गाउँपालिकाका विभिन्न स्थानका ४७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये २२ महिला र २५ पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका १४ महिला, २३ पुरुष गरी जम्मा ३७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ७ जना महिला, पुरुष १ पुरुष, गोदावरी नगरपालिकामा १ जना महिला, बागमती गाउँपालिकाका १ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुर जिल्लामा कोरोना संक्रमितको संख्या ५९२ पुगेको छ, जसमा पुरुष ३४० जना र महिला २५२ जना रहेका छन् ।

ललितपुरमा कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या ४ पुगेको छ । आज ललितपुरको बागडोलका ६५ वर्षिय महिलाको निधन भएको छ । यसअघि थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट निधन भएको थियो ।

images
प्रकाशित मिति :भाद्र ११, २०७७ बिहिवार - २०:०७:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology