Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोनाले मृत्यु संख्या ह्वात्तै बढ्यो, २४ घण्टामा १२ जनाको मृत्यु

कोरोनाले मृत्यु संख्या ह्वात्तै बढ्यो, २४ घण्टामा १२ जनाको मृत्यु

दैनिकी न्यूज

१३, भाद्र २०७७
कोरोनाले मृत्यु संख्या ह्वात्तै बढ्यो, २४ घण्टामा १२ जनाको मृत्यु
images

काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक बढिरहेको छ । पछिल्ला हप्तादेखि मृतकको संख्या ह्वात्तै बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको कारण १२ जनाको मृत्यु भएको छ । यो संख्या समेत थप गर्दा नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

मृत्यु हुनेमा ३ महिला र ९ जना पुरुष रहेको शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार पाल्पाकी ३०, काठमाडौँकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। त्यस्तै पर्साका ४८, ३९, सिरहा ८४, गोरखामा ३८, काठमाडौँमा ८३, ललितपुरमा ७२ र ६१, भक्तपुरमा ८२ र कास्कीका ५८ वर्षीय पुरुषको पनि संक्रमणबाट निधन भएको हो।

कोरोनाबाट मृत्यु हुनेको प्रतिशत संक्रमितमध्ये ०.५५ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए।

images
प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १७:१२:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology