Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उपत्यकामा रहेका होटललाई आइसोलेसन बनाइने

उपत्यकामा रहेका होटललाई आइसोलेसन बनाइने

दैनिकी न्यूज

१४, भाद्र २०७७
उपत्यकामा रहेका होटललाई आइसोलेसन बनाइने
images

काठमाडौं । सरकारले काठमाडौंसहित तीन जिल्लामा रहेका होटललाई आइसोलेसन सेन्टर बनाउने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोना संक्रमितको संख्या दैनिक ४ सय भन्दा बढी भएपछि होटललाई आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभागले उपत्यकाभित्रका होटललाई आइसोलेसन बनाउन सूचीकृत गर्नेछ । मन्त्रालयले तोकेका अस्पतालको आइसोलेसन केन्द्रहरुमा बेड अभाव भएमा होटल प्रयोग गर्न लागिएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।

त्यसका लागि सरकारले प्रतिव्यक्ति दुई हजार रुपैयाँ भुक्तानी दिनेछ । तर संक्रमित व्यक्तिहरु आफ्‍नै खर्चमा विभागले व्यवस्था गरेको होटल वा अन्य होटलमा बस्न चाहेमा मन्त्रालयले स्वीकृत पनि गर्नेछ ।

उपत्यका बाहिर पनि प्रत्येक प्रदेशको समाजिक विकास मन्त्रालय मार्फत होटल चयनको निर्णय भएको मन्त्रालयले जनाएको छ । होटल आइसोलेसन सम्बन्धि छुट्टै निर्देशिका जारी गर्ने सरकारको तयारी छ ।

images
प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - १७:३६:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology