काठमाडौँ । आइतबार नेप्से सामान्य अंकले बढेको छ ।
नेप्से परिसूचक ४.६४ अंकको बढेर १ हजार ४६२ दशमलव ६७ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.८० अंकले घटेर २९६.२९ को विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन १८६ कम्पनीको ३६ लाख ८५ हजार ९६३ कित्ता शेयरको किनबेच भई १ अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३०० रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ३३ हजार ९७३ वटा कारोबार भएको छ ।
आज दिन बैकिङ समूह, विकास बैंक समूह र म्युचल फण्ड बाहेक बाहेक कारोबारमा आएका ९ वटा समूहको शेयर मुल्य बढेको छ । यस दिन व्यापार समूह १८.०७ समूह, होटल्स समूह ०.६३ अंक, जलविद्युत समूह ९.३९ अंक, वित्त समूह १.६२ अंक, निर्जिवन विमा समूह ९४.३ अंक, उत्पदन समूह २६.५६ अंक, अन्य समूह २७.१३ अंक, लघुवित्त समूह २.३७ अंक र जीवन विमा समूह ४६.३२ अंकले घटेको छ । उता बैकिङ समूह ७.४४ अंक, विकास बैंक समूह ०.४५ अंक र म्युचल फण्ड समूह ०.०३ प्रतिशतले घटेको छ ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र ३४ करोड ३२ लाख १० हजार २३५ रुपैयाँ बराबरको कारोबार भयो । यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टनेको ११ करोड ८४ लाख ९० हजार १३० रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीको ८ करोड ४४ लाख ५० हजार १७७ रुपैयाँ, शिभम सिमेन्टको ७ करोड ८९ लाख ८९ हजार ५८० रुपैयाँ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टका सेयरधनीहरुले उच्च कमाए । यस कम्पनीको शेयर मूल्य ९.७६ प्रतिशतले बढ्यो । नेपाल पुनर्बीमा कम्पनीको ८.६० प्रतिशत, सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ८.१८ प्रतिशतले बढ्यो ।
यो दिन तारागाउँ रिजेन्स होटलकोका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ५.१६ प्रतिशतले गिरावट आयो । त्यस्तै लक्ष्मी इक्विटी फण्डको ३.६६ प्रतिशत, मल्टिप्रपोज फाइनान्स कम्पनीको ३.५४ प्रतिशतले गिरावट आयो ।