काठमाडौं । लिबर्टी इनर्जीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ। आइपीओमा आवेदन गर्ने १ लाख ८८ हजार ३७३ आवेदकले योग्य आवेदकले १० कित्तादेखि ४० कित्तासम्म पाएका छन् ।
एनआइबिएल एस क्यापिटलको कार्यलयमा गरिएको बाँडफाँडमा ९४ हजार ९०४ आवेदकले १० कित्ता शेयर पाएका छन् भने ४५ हजार ४८ आवेदकले २० कित्ता, ४८ हजार २२१ आवेदकले ३० कित्ता र गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता गरी ४० कित्ता शेयर पाएका छन्।
आईपिओमा कुल १ लाख ८८ हजार ४ सय ९९ जनाले आवेदन दिएकोमा १२६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
३० कित्तासम्म माग गरेका सबै आवेदकलाई माग गरे जति शेयर वितरण गरिएको छ। ३० कित्ताभन्दा माथिको संख्यामा शेयर माग गर्ने ३६ हजार ५५८ मध्ये गोलाप्रथाका आधारमा २५ हजार ६२० आवेदकलाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको हो।