Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेकपामा नयाँ ट्वीस्ट, वामदेव राष्ट्रिय सभामा जाने

नेकपामा नयाँ ट्वीस्ट, वामदेव राष्ट्रिय सभामा जाने

दैनिकी न्यूज

१५, भाद्र २०७७
नेकपामा नयाँ ट्वीस्ट, वामदेव राष्ट्रिय सभामा जाने
images

ललितपुर । राष्ट्रियसभाको रिक्त पदमा नेकपाका उपाध्यक्ष वामदेव गौतम जाने भएका छन् । लामो समयदेखि रिक्त रहेको सो पदमा वर्तमान अर्थ, सञ्चार, प्रविधि तथा सूचना मन्त्री डा. युवराज खतिवडालाई लैजाने तयारी भइरहेको बेला पार्टी उपाध्यक्ष गौतमले आफू राष्ट्रिय सभामा जान तयार रहेको धारणा सार्वजनिक गरेका हुन् । गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस गरेको थियो। तर सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन गरेका छैनन्।
दुईवर्षे कार्यकाल सकिएपछि खतिवडा अहिले बिना सांसद मन्त्री छन्। नेपालको संविधान अनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुन पाउँछ। खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिँदैछ।
त्यसअघि वैशाख २० गते बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्यको उमेदवार बनाउने अर्को निर्णय गरेको थियो।
प्रधानमन्त्री ओलीले वैशाख २० गतेको निर्णयले फागुन ६ गतेको निर्णयलाई खारेज गरेको अर्थमा लिएका छन्। महामारीको यो समयमा प्रतिनिधि सभाको सदस्यका लागि निर्वाचन क्षेत्र खाली गराएर चुनाव हुन असम्भव रहेकोसमेत उपाध्यक्ष गौतमले आफु निकट नेताहरुसँग बताउने गरेका छन्।
नेकपाको १८ गते बस्ने बैठकमा यसबारेमा निर्णय गर्नपर्ने गौतमको चाहना रहेको छ । यसअघि १३ गतेका लागि डाकिएको सचिवालयको बैठक सचिवालयका केही नेताहरु आइसोलेसनमा बसेपछि स्थगित गरेर १८ गते डाकिएको छ ।

images
प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - २०:४६:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology