Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मृतक विजय महराको घट्नामा ३ जना प्रहरी निलम्बित

मृतक विजय महराको घट्नामा ३ जना प्रहरी निलम्बित

दैनिकी न्यूज

१६, भाद्र २०७७
मृतक विजय महराको घट्नामा ३ जना प्रहरी निलम्बित
images

रौतहट । प्रहरी हिरासतमा मृतक विजय राम महरा घटनाको छानविनमा ३ प्रहरी कर्मचारी निलम्वनमा परेका छन ।

गत साउन ३१ गते राती रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगडिया बस्ने २० बर्षिय निरञ्जन रामलाई घाटी रेटी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय गरुडा रौतहटमा पक्राउ परेका प्रतिवादी मृतक विजय रामको सोधपुछमा संलग्न जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरिक्षक नविन कुमार सिंह, प्रहरी हवाल्दार हिरोज मियाँ र प्रहरी हवाल्दार मन्नु कुमार सिह निलम्वनमा परेका हुन ।

निलम्बनमा परेका प्रहरी निरिक्षक नविनकुमार सिह गृह मन्त्रालय सचिव स्तरिय भएको सोमबार भएको निर्णय अनुसार सो घटनाको थप अनुसन्धान तथा जाचबुझ समाप्त नहुञ्जेलसम्म ६ महिना अबधिका लागि निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

त्यसै गरि प्रहरी हवल्दारद्वय हिरोज मियाँ र मन्नु कुमार सिह प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम धनुषाको च.नं. ३२५ भदौ १५ गतेको पत्रअनुसार प्रहरी नियमावली २०७१ नियम ११५ को देहाय ४ बमोजिम थप अनुसन्धान तथा जाचबुझ मिाप्त नहुन्जेलसम्मको लागी निलम्बन गरिएको जनाइएको छ ।

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - १४:१२:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology