काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । बुधबार सुनको भाउ मंगलबारको तुलनामा तोलामा १ हजार २०० रुपैयाँले घटेर प्रति तोला ९७ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर मंगलबार सुन प्रति तोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९६ हजार ७०० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रति तोलामा ३० रुपैयाँले घटेर प्रति तोला १३६५ रुपैयाँमा कारोबार भैरहेको छ । तर मंगलबार आज चाँदी प्रति तोला १३९५ रुपैयाँमा कारोबार भएको थियो ।