Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेकपाको बिहीबार बस्ने सचिवालयमा यी विषय उठ्नेछन, गौतमबारे के होला ?

नेकपाको बिहीबार बस्ने सचिवालयमा यी विषय उठ्नेछन, गौतमबारे के होला ?

दैनिकी न्यूज

१७, भाद्र २०७७
नेकपाको बिहीबार बस्ने सचिवालयमा यी विषय उठ्नेछन, गौतमबारे के होला ?
images

काठमाडौं । सत्तारुढ नेकपाको बिहीबार विहान बस्ने सचिवालय बैठकका एजेण्डा तय गर्न अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बुधबार साँझ छलफल भएको छ ।
पार्टीभित्र देखिएको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन र राष्ट्रियसभामा पार्टी उपाध्यक्ष वामदेव गौतमलाइ पठाउने  विषयमा पार्टीमा छलफल हुने नेताहरु बताउँछन् । सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बुधबारको भेटमा ओली र प्रचण्डबीच कार्यदलको प्रतिवेदनलाई पास गराउने र राष्ट्रिय सभाको रिक्त एक सदस्य पदमा कसलाई पठाउने भन्ने बारेमा पनि छलफल भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल यही २० गतेदेखि सकिँदैछ । संबैधानिक व्यवस्था अनुसार संसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी समय मन्त्री बन्न पाउदैनन् ।
त्यही भएर प्रधानमन्त्री ओली डा. खतिवडालाई नै राष्ट्रियसभामा मनोनीत चाहन्छन् । तर, पार्टी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने र विधि र प्रक्रिया मिच्न नहुने पक्षमा अर्का अध्यक्ष प्रचण्ड लगायत वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन् । बुधबार भएको छलफलमा प्रचण्डले ओलीलाई पार्टी कमिटीको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताए । भोलि बैठक बसौं, त्यही छलफल गरौला, प्रचण्डले ओलीलाई भनेको भनाई उधृत गर्दै प्रचण्ड निकट एक नेताले भने, कार्यदलको प्रतिवेदन र राष्ट्रिय सभामा लैजाने विषय त्यहबिाट टुंगो लगाऊ ।
उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णय फागुन १४ गते बसेको सचिवालय बैठकले गरेको थियो । तर, गौतमले बैशाख २० गते आफू राष्ट्रिय सभामा नजाने बरु उपनिर्वाचन गराएर प्रतिनिधिसभाको सांसद बन्दै कोरोना महामारी सकिएपछि प्रधानमन्त्री हुने आकांक्षा राखेपछि सो विषय थाती रहेको थियो । ६ महिनापछि त्यही विषय उठेको छ । बुधबार बेलुका दुई अध्यक्षबीच दुई घण्टा भएको भेटवार्तामा कार्यदल प्रतिवेदन, राष्ट्रिय सभा सदस्य पदमा सिफारिस गर्ने व्यक्ति लगायतमा छलफल गर्ने सहमति भएको छ ।
सहमति बनेपनि बैठकमा नेताहरु कसरी प्रस्तुत हुन्छन् त्यो प्रतिक्षाको विषय छ । विधान मिचेर कार्यदल बनाइएको प्रति नेता नेपाल असन्तुष्ट छन् । यस्तै प्रतिवेदनमा एक नेता एक जिम्मेवारी लगायतका विषय कार्यान्वयन गर्नुपर्ने नेपालले माग गर्दै आएका छन् । झलनाथ खनाल पनि कार्यदलको प्रतिवेदनका विषयमा बैठकमै आफ्ना धारणा राख्ने बताउँछन् ।

images
प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - २१:४०:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology