Logo

आइतवार, श्रावण २४ गते २०८३

images

रातो मत्स्येन्द्रनाथको रथ तान्‍ने क्रममा पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप

रातो मत्स्येन्द्रनाथको रथ तान्‍ने क्रममा पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप

दैनिकी न्यूज

१८, भाद्र २०७७
रातो मत्स्येन्द्रनाथको रथ तान्‍ने क्रममा पुल्चोकमा स्थानीय र प्रहरीबीच झडप
images

ललितपुर । ललितपुरको पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा झडप भएको हो ।

प्रहरीले भिडभाड नगर्न आग्रह गर्दै उनीहरुलाई रथ यात्रा रोक्न अनुरोध गरेको तर स्थानीयले अटेर गरेपछि झडप भएको प्रहरीले जनाएको छ । रथ तान्न भेला भएका स्थानीयले प्रहरीको गाडिमा तोडफोड तथा प्रहरीमाथि पनि ढुंगामुडा गरेका प्रहरीले जनाएको छ।

मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा तोडेर रथ तानेको बताइएको छ। असोज २ देखि मलमास सुरु हुँदैछ। कोरोना महामारीका कारण निर्धारित तिथिमा हुन नसकेको रथ जबरजस्ती तानिएको हो । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा मिचेका हुन्।

images
प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - १४:१४:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology