Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मत्स्येन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सक्ने निर्णय

मत्स्येन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सक्ने निर्णय

दैनिकी न्यूज

१९, भाद्र २०७७
मत्स्येन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सक्ने निर्णय
images

ललितपुर । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बिहीबार आक्रोशित भीडले निषेधाज्ञा तोड्दै रथ तान्न थालेपछि जिल्ला प्रशासन कार्यालय ललितपुमा सम्बन्धित सरोकारवालाको बैठकले जात्रा भदौ २६ गतेसम्ममा सक्ने निर्णय गरेको हो।

ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनका अनुसार जात्रा २६ गतेसम्म सकाउने निर्णय भएको छ। उनका अनुसार २१ गते क्षमा पुजा गर्ने, २२ गते रथबाट मुर्ति तल झार्ने र प्रतिकात्मक रुपमा रथ तान्ने निर्णय भएको छ।

उपयुक्त साईत हेरेर रथ बाट मुर्ति निकालेपछि २६ गते सम्म बुङमती पुर्‍याइने जानकारी दिए।

असोज २ गते अधिकमास सुरु हुन्छ त्यो भन्दा चार दिनअगाडि बुङ्गमतिमा पुगिसक्नुपर्छ भन्ने सरोकारवालाको भनाइ छ । किनभने असोज मसान्तसम्म कुनै पनि साइत ननिस्कने भएकोले अधिकमास सुरु हुनुभन्दा पहिले नै बुङ्गमति पुर्याउनुपर्ने हुन्छ ।

images
प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - ०६:१९:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology