Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तास खेलिरहेको अवस्थामा पक्राउ

तास खेलिरहेको अवस्थामा पक्राउ

दैनिकी न्यूज

१९, भाद्र २०७७
तास खेलिरहेको अवस्थामा पक्राउ
images

काठमाडौं । प्रहरीले स्याङ्जा र बाजुराबाट जुवातास खेलीरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरेको छ ।

स्याङ्जा, वालिङ नगरपालिका–८ कटौजेस्थित ३१ वर्षीय बिबेक तिवारीले संचालन गरेको प्रसाद होटलमा तास खेलिरहेको अवस्थामा तिवारी लगायत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले नगद १ लाख ६६ हजार ८ सय ६९ रुपैयाँ र २ सय ९४ पत्ती तास सहित उनीहरूलाई पक्राउ गरेको हो ।

बाजुरा, बडिमालिका नगरपालिका–९ मार्तडीस्थित गौमुल गाउँपालिका–५ बस्ने धन बहादुर रोकायाको होटल हिलटपमा तास खेलिरहेको अवस्थामा रोकाया लगायत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले १ गड्डी तास र नगद २७ हजार २ सय रुपैयाँ सहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - १५:२८:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology