Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शनिबार ललितपुरमा थपिए ६४ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

शनिबार ललितपुरमा थपिए ६४ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

दैनिकी न्यूज

२०, भाद्र २०७७
शनिबार ललितपुरमा थपिए ६४ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा शनिबार थप ६४ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ६४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये २८ जना महिला र ३६ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका २७ जना महिला, ३१ जना पुरुष गरी जम्मा ५८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका १ जना महिला, ३ जना पुरुष गरी ४ जना र गोदावरी नगरपालिकाका २ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १ हजार ५४ जना रहेको छ, जसमध्ये पुरुष ५९४ जना र महिला ४६० जना रहेको छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - २०:१४:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology