काठमाडौं । आइतबार सुनचाँदीको भाउ घटेको छ । आइतबार सुनको भाउ शुक्रबारको तुलनामा तोलामा ३०० रुपैयाँले घटेर प्रति तोला ९६ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर शुक्रबार सुन प्रति तोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९५ हजार ६०० रुपैयाँ रहेको छ ।

तर, आज (आइतबार) चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रति तोलामा १० रुपैयाँले बढेर प्रति तोला १३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । तर बिहीबार चाँदी प्रति तोला १३१० रुपैयाँमा कारोबार भएको थियो ।