Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

२१, भाद्र २०७७
दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत
images

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद शेयर र साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद वापतको ३८ लाख ४९ हजार १२० कित्ता र साइन रेसुङ्गाको १५ प्रतिशत बोनस शेयर वापतको ३९ लाख ३४ हजार ३५६ दशमलव १९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सूचीकृत भएको दोस्रो दिन सोमवारदेखि यी शेयरहरु कारोबार गर्न सकिनेछ । तर, सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा भने उक्त शेयर जम्मा भइसकेको हुनुपर्ने छ ।

images
प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - १५:०८:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology