Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शेयर बजारमा पहिरो, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

शेयर बजारमा पहिरो, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

दैनिकी न्यूज

२१, भाद्र २०७७
शेयर बजारमा पहिरो, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
images

काठमाडौँ । आइतबार नेप्से दोहोरो अंकले घटेको छ ।

नेप्से परिसूचक १०.४५ अंकले घटेर १ हजार ४९९ दशमलव ९७ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.५४ अंकले बढेर ३०२.१९ को विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन १९१ कम्पनीको ७० लाख ३८ हजार ९९० कित्ता शेयरको किनबेच भई २ अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ३४ हजार ८६३ वटा कारोबार भएको छ ।

आज दिन व्यापार र म्युचल फण्ड समूह बाहेक कारोबारमा आएका १० वटा समूहको शेयर मुल्य घटेको छ । व्यापार समूह २२.६३ अंक र म्युचल फण्ड समूह ०.०१ अंकले बढेको छ । उता यस दिन बैकिङ समूह ८.१४ अंक, होटल्स समूह २५.६५ अंक, विकास बैंक समूह २०.८ अंक, जलविद्युत समूह ५.७४ अंक, वित्त समूह २ अंक, निर्जिवन विमा समूह २६.६१ अंक, उत्पादन समूह ४०.४३ अंक, अन्य समूह १२.६५ अंक, लघुवित्त समूह १०.२७ अंक र जीवन विमा समूह २६.३३ अंकले घटेका छन् ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र ४० करोड १३ लाख १ हजार ८४ रुपैयाँ बराबरको कारोबार भयो । यसैगरी नेपाल बैंकको ११ करोड ७३ लाख ५२ हजार ९८६ रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीको १० करोड १ लाख ५४ हजार ४५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सर्वाधिक कमाउने कम्पनी

5-21 gainer.PNG

सर्वाधिक गुमाउने कम्पनी

5-21 looser.PNG

images
प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - १५:२३:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology