Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यस्तो छ अर्थमन्त्रीको रुपमा ओलीको पहिलो सम्बोधन

यस्तो छ अर्थमन्त्रीको रुपमा ओलीको पहिलो सम्बोधन

दैनिकी न्यूज

२१, भाद्र २०७७
यस्तो छ अर्थमन्त्रीको रुपमा ओलीको पहिलो सम्बोधन
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण पनि उत्पन्न संकटले अहिलेनै नेपालको अर्थतन्त्र कमजोर अवस्थामा पुगिनसकेको बताएका छन् ।
युवराज खतिवडाले राजीनामा दिएपछि अर्थमन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री ओलीले आइतबार निजी क्षेत्रका नेतृत्वसँग छलफल गर्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्थ मन्त्रालयबाट बाहिरिएका खतिवडा, राष्ट्रिय योजना आयेगका उपाध्यक्ष पुष्पराज कँडेल, उद्योग वणिज्य तथा आपूर्ति मन्त्री, राज्य मन्त्री, अर्थमन्त्रालयका अधिकारीहरु लगायत सरोकारवाला निकायका व्यक्तिहरु थिए ।
आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नागरिकको जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको दाबी गरे ।
कोभिड–१९ बारे नकारात्मक सूचना फैलाएर जनजीवनलाई आतंकित गर्न नहुने उनले बताए । प्रधानमन्त्रीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै कर असुलीमा मात्र सरकारले ध्यान नदिइएको जिकिर गरे ।
नेपालमा काम गरेर खान समस्या नरहेको बताए । नेपालमा काम गरेर खान समस्या छैन, छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैठौं मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने देखाएको छ, प्रधानमन्त्री ओलीले भने । छलफल करिब अढाई घण्टासम्म चलेको थियो।
छलफलमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका तर्फबाट आ(आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए। त्यसक्रममा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलो गरेर अर्थतन्त्रलाइ चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए।
नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेको अध्ययन र सम्बोधनको बारेमा स्पष्ट गरेका थिए।

images
प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - २२:०९:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology