काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
लघुवित्त कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नै नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुन कम्पनीले जनाएको छ ।
आरएमडीसी लघुवित्तको हाल चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँ रहेको छ ।