Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेकपाको स्थायी समिति बैठक भदौ २६ गते बस्ने

नेकपाको स्थायी समिति बैठक भदौ २६ गते बस्ने

दैनिकी न्यूज

२२, भाद्र २०७७
नेकपाको स्थायी समिति बैठक भदौ २६ गते बस्ने
images

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने भएको छ ।


प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भदौ २६ गते स्थायी समिति बैठक बोलाएको जानकारी दिए ।


गत साउन १३ गतेबाट स्थगित बैठक ४० दिनपछि भदौ २६ गते बोलाउने सहमति भएको थापाले जानकारी दिएका हुन् ।

गत असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने आवाज उठेपछि नेकपाभित्रको विवाद चर्किएको थियो ।

आन्तरिक विवाद चुलिँदै गएपछि पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक साउन १३ गते यता बस्न सकेको छैन ।

images
प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - १२:३०:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology