Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपाली कांग्रेसका सबै निकाय डिजिटलाइज्ड बनाइने

नेपाली कांग्रेसका सबै निकाय डिजिटलाइज्ड बनाइने

दैनिकी न्यूज

२२, भाद्र २०७७
नेपाली कांग्रेसका सबै निकाय डिजिटलाइज्ड बनाइने
images

ललितपुर । संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीलाई प्रविधिमैत्री (डिजिटलाइज्ड) बनाउने निर्णय गरेको छ । पार्टी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा अध्यक्ष रहेको विभागको २० र २१ गते बसेको बैठकले पार्टीलाई प्रविधिमैत्री बनाउने सम्बन्धी विभिन्न ९ निर्णय गरेको हो ।
जुम मार्फत भएको भर्चुअल बैठकको निर्णयमा भनिएको छ, नीति बमोजिम नेपाली कांग्रेसलाई सूचना, सञ्चार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधिमैत्री (डिजिटलाइज्ड) बनाउँदै अघि बढ्ने अभियान सुरूवात गर्ने । उक्त निर्णयको कार्यान्वयन स्वरुप पहिलो काम पार्टीको आधिकारीक वेबसाइटलाई आधुनिक बनाउने बताइएको छ ।
विभाग गठन हुनुपहिलेदेखि आन्तरिक रूपमा क्रियाशिल रहेको ‘कांग्रेस सूचना नेटवर्क’ मा विषयगत योग्यताका कार्यकर्तालाई थप समाविष्ट गर्दै विभागमा रहेकाको प्रदेश स्तरीय एवं विषयगत जिम्मेवारी व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।

विषयगत अध्ययन र अवधारणा निर्माण उपसमिति एवं सामाजिक सञ्जाल केन्द्रित उपसमिति गठन गरेर सामाजिक सञ्जालमा अभिव्यक्त हुने भावना र विचार समेतलाई आत्मसात गर्दै विभागको सार्वजनिक प्रस्तुतिलाई सैद्धान्तिक र व्यवहारिक दुवै कोणबाट सबल बनाउने निर्णय बैठकले गरेको छ,निर्णयमा लेखिएको छ ।
कोभिड सम्बन्धित उपसमितिको संयोजक नेपाल मेडिकल एसोसिएसनका पूर्व राष्ट्रिय अध्यक्ष एवं विभागका सदस्य डा. अन्जनी झालाई दिइएको छ ।
विभागको सो बैठकले कांग्रेसको मुखपत्र नेपाल पुकारलाई प्रिन्ट र डिजिटल दुवै माध्यममा प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - २१:४२:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology