Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार ९ सय २ कोरोना संक्रमित थपिए

मंगलबार ९ सय २ कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

२३, भाद्र २०७७
मंगलबार ९ सय २ कोरोना संक्रमित थपिए
images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ६११ पीसीआर परीक्षण गरिएको थियो। 

त्यस्तै प्रवक्ता गौतमका अनुसार आज थप २ हजार २८७ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ।

images
प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - १६:३०:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology