काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ । कोइरालाको सचिवालयका अनुसार उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको हो ।
घरबाट त्यतिधेरै ननिस्केका कोइरालालाई कहाँबाट कोरोना सरेको हो भन्ने थाहा हुन सकेको छैन । चारदिन अघि होटल मेरियट्स जानुबाहेक कोइराला घरबाट ननिस्केको सचिवालयका भरत तिवारीले जानकारी दिए । कोरोना संक्रमण हुने कोइराला कांग्रेसका सबैभन्दा उच्च पदका नेता हुन् । ६२ वर्षीय कोइरालाई संक्रमण पुष्टि भएपनि स्वास्थ्यमा कुनै समस्या नरहेको तिवारीले बताए ।
उहाँ हेल्दी हुनुहुन्छ । उहाँलाई कुनै समस्या छैन, रुघाखोकी, ज्वरो केही छैन, कोरोना आशंका गरिएपछि तातो पानी पिउनुभएको छ । नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित कोइराला महाराजगञ्जस्थित घरमै होम आइसोलेसनमा बस्ने छन् ।