Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार शेयर बजार दोहोरो अंकले बढ्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

बुधबार शेयर बजार दोहोरो अंकले बढ्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

दैनिकी न्यूज

२४, भाद्र २०७७
बुधबार शेयर बजार दोहोरो अंकले बढ्यो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
images

काठमाडौँ । बुधबार नेप्से परिसूचक बढेको छ ।

नेप्से परिसूचक १३.०५ अंकले बढेर १ हजार ५०८.२० को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.१९ अंकले बढेर २९९.६६ को विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन १९४ कम्पनीको ५७ लाख ९८ हजार ५३२ कित्ता शेयरको किनबेच भई २ अर्ब ५६ करोड ३४ लाख १५ हजार १८६ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २९ हजार १२४ वटा कारोबार भएको छ ।

आज कारोबारमा आएका १२ वटा समूहको शेयर मध्ये २ वटा समूहको शेयर मूल्य घटेको छ । बाँकी समूहको शेयर मूल्यमा बढेको छ । व्यापार समूह ३४.९ अंक, होटल्स समूह २०.४१ अंक, जलविद्युत समूह ७.०२ अंक, वित्त समूह १.४९ अंक, निर्जिवन विमा समूह २६१.८१ अंक, उत्पादन समूह २४.२४ अंक, अन्य समूह १९.२४ अंक, लघुवित्त समूह ५५.४४ अंक, जीवन विमा समूह १६६.७७ अंक र म्युचल फण्ड समूह ०.०२ अंकले बढेको छ । उता बैकिङ समूह १.८९ अंक र सिवकास बैंक समूह १.८९ अंकले गिरावट आएको छ ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र २२ करोड ३१ लाख २२ हजार २८८ रुपैयाँ बराबरको कारोबार भयो । यसैगरी नागरिक लगानी कोषको १८ करोड ६४ लाख ७ हजार ७८० रुपैयाँ, शिभम सिमेन्टको १२ करोड ६३ लाख ४१ हजार ४१६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

5-24 turn.PNG

यस दिन चरवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्रिय बीमा संस्थान, रिलायन्स इन्स्योरेन्स कम्पनी र राष्ट्रिय वाणिज्य बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै आरम्भ चौतारी लघुवित्तको ९.३१ प्रतिशत, नेरुडे लघुवित्तको ८.६९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

5-24 gainer.PNG

उता एनआरएन इन्ष्ट्रक्टर एण्ड डेभलपमेन्ट कम्पनीको ९.९२ प्रतिशत, कालिका पावर कम्पनीको ४.८० प्रतिशत, अरुण काबेली पावरको ४.१७ प्रतिशतले शेयर मूल्य गिरावट आएको छ ।

5-24 looser.PNG

images
प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - १५:२५:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology