काठमाडौं । सुनको भाउ वृद्धिले बिहीबार पनि निरन्तरता पाएको छ। यस दिन सुन तोलामा ४०० रुपैयाँले बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ तोकेको छ। तर बुधबार सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज तेजावी सुनको मूल्य ९६ हजार ३ सय निर्धारण गरिएको छ ।
यसैगरी, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२५ रुपैयाँ पुगेको छ। लगातार चार दिन घटेको सुन तथा चाँदीको भाउ बुधबारदेखि बढ्न लागेको हो ।