ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या १८५ जना पुगेको छ ।
महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाका अनुसार संक्रमित मध्ये १०३ जना संक्रमणमुक्त भई सकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ८० जना रहेका छन्, जसमध्ये ५४ जना होम आइसोलेसन र २६ जना विभिन्न अस्पतालमा उपचार गराईरहेको सापकोटाले बताए । संक्रमित मध्ये २ जनाको मृत्यू भएको छ ।
हेनुहोस कुन वडामा कति ?
वडा नं. १ः हालसम्मको संक्रमितको संख्या ३०, संक्रमण मुक्त १७, सक्रिय संख्या १३, होम आइसोलेनसको संख्या ८, अस्पतालमा रहेका संक्रमितको संख्या ५
वडा नं. २ः हालसम्मको संक्रमितको संख्या २१, संक्रमण मुक्त ३, सक्रिय संख्या १७, होम आइसोलेनसको संख्या १३, अस्पतालमा रहेका संक्रमितको संख्या ४, मृत्यू १
वडा नं. ३ः हालसम्मको संक्रमितको संख्या ७, संक्रमण मुक्त ४, सक्रिय संख्या ३, होम आइसोलेनसको संख्या १, अस्पतालमा रहेका संक्रमितको संख्या २
वडा नं. ४ः हालसम्मको संक्रमितको संख्या ३२, संक्रमण मुक्त २१, सक्रिय संख्या ११, होम आइसोलेनसको संख्या ६, अस्पतालमा रहेका संक्रमितको संख्या ५
वडा नं. ५ः हालसम्मको संक्रमितको संख्या २९, संक्रमण मुक्त १३, सक्रिय संख्या १५, होम आइसोलेनसको संख्या ११, अस्पतालमा रहेका संक्रमितको संख्या ४, मृत्यू १
वडा नं. ६ः हालसम्मको संक्रमितको संख्या १५, संक्रमण मुक्त ८, सक्रिय संख्या ७, होम आइसोलेनसको संख्या ६, अस्पतालमा रहेका संक्रमितको संख्या १
वडा नं. ७ः हालसम्मको संक्रमितको संख्या १२, संक्रमण मुक्त ३, सक्रिय संख्या ९, होम आइसोलेनसको संख्या ७, अस्पतालमा रहेका संक्रमितको संख्या २
वडा नं. ८ः हालसम्मको संक्रमितको संख्या ३४, संक्रमण मुक्त ३१, सक्रिय संख्या ३, होम आइसोलेनसको संख्या ०, अस्पतालमा रहेका संक्रमितको संख्या ३
वडा नं. ९ः हालसम्मको संक्रमितको संख्या ५, संक्रमण मुक्त ३, सक्रिय संख्या २, होम आइसोलेनसको संख्या २
वडा नं. १०ः हालसम्मको संक्रमितको संख्या छैन