ललितपुर । ललितपुरमा शुक्रबार थप ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ३९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये १८ जना महिला र २१ जना पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका ११ जना महिला, १५ जना पुरुष गरी जम्मा २६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका ५ जना महिला, ५ जना पुरुष गरी ११ जना र र गोदावरी नगरपालिकाका २ जना महिलामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १२ सय ६५ जना रहेको छ, जसमध्ये पुरुष ७०५ जना र महिला ५६० जना रहेको छ ।