चितवन । करेन्ट लागेर चितवनमा दुई सैनिकको मृत्यु भएको छ। चितवनको शक्तिखोरमा रहेको सिंहनाथ गणमा कार्यरत दुई सैनिक जवानको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो। मृतक दुवैजना सैनिक गोरखाका हुन्।
रुखको हाँगा काट्न चढ्दा प्रयोग गरिएको भर्याङ चिप्लिएर तारमा ठोक्किन पुग्दा भर्याङ समाउने सुवेदार राजुबाबु श्रेष्ठ र सैनिक जवान साजन कुमालको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले जानकारी दिए।
प्रवक्ता थापाका अनुसार सुवेदार श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो भने सैनिक जवना कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।