Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेकपा स्थायी कमिटीले दियो नयाँ ऊर्जा

नेकपा स्थायी कमिटीले दियो नयाँ ऊर्जा

दैनिकी न्यूज

२८, भाद्र २०७७
नेकपा स्थायी कमिटीले दियो नयाँ ऊर्जा
images

काठमाडौंँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी सबै विवाद यो बैठकसँगै किनारा लागेका छन् ।

विवादका कारण पार्टी गुटमा विभाजन भएको थियो । पार्टी विभाजनको अवस्थामा समेत पुगिसकेको भन्दै चिन्तासमेत जनाइएको थियो तर पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को १५ बुँदे प्रस्तावले पार्टीभित्र देखिएका सम्पूर्ण समस्या समाधान भएको छ । बुुद्धिजीवीहरूको भनाइमा अब पार्टी र सरकारमा नयाँ ऊर्जा प्राप्त हुने र सरकार तथा पार्टी सहज ढंगले अगाडि बढ्नेछ ।

“यी कुरामा स्पष्ट भएपछि सरकार र पार्टी आफैँ सहज ढङ्गले सञ्चालन हुनेछ,” राजनीतिक विश्लेषक लालबाबु यादवको भनाइ छ । उनले भने, “अध्यक्षद्वयबीच कार्यविभाजनमा समस्या हुँदा सरकार र पार्टी दुवै प्रभावित भएका थिए, न राम्रोसँग सरकार सञ्चालन भएको थियो, न पार्टी नै तर अब बाँकी सबै समस्याको समाधान हुनेछ ।”

अध्यक्षद्वयको कार्यविभाजन स्पष्ट भएपछि पार्टी तथा सरकार सञ्चालनमा सजिलो भएको र नयाँ ऊर्जा प्राप्त हुने राजनीतिक विश्लेषक श्याम श्रेष्ठको ठम्याइ छ । उनले भने, “अध्यक्षद्वयको कार्यविभाजनले पार्टी र सरकार सञ्चालन गर्न सजिलो भएको छ, नत्र मुख्य समस्या नै त्यसैमा थियो ।’’ तर, अध्यक्षद्वयको कार्यविभाजनबाहेक पार्टीभित्रका अन्य समस्या यथावत् रहेको उनको बुुझाइ छ ।

नेकपा स्थायी समितिको निर्णयअनुसार नेकपाका अध्यक्ष ओलीले वर्तमान प्रतिनिधि सभा रहेसम्म प्रधानमन्त्रीका रूपमा सरकार सञ्चालन गर्नुुहुने छ भने अर्का अध्यक्ष प्रचण्डले कार्यकारीका रूपमा पार्टी सञ्चालन गर्नुहुनेछ ।

गोरखापत्र दैनिकमा सुुरेशकुुमार यादवले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - ०६:३२:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology