Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

नेकपा स्थायी कमिटीले दियो नयाँ ऊर्जा

नेकपा स्थायी कमिटीले दियो नयाँ ऊर्जा

दैनिकी न्यूज

२८, भाद्र २०७७
नेकपा स्थायी कमिटीले दियो नयाँ ऊर्जा
images

काठमाडौंँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी सबै विवाद यो बैठकसँगै किनारा लागेका छन् ।

विवादका कारण पार्टी गुटमा विभाजन भएको थियो । पार्टी विभाजनको अवस्थामा समेत पुगिसकेको भन्दै चिन्तासमेत जनाइएको थियो तर पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को १५ बुँदे प्रस्तावले पार्टीभित्र देखिएका सम्पूर्ण समस्या समाधान भएको छ । बुुद्धिजीवीहरूको भनाइमा अब पार्टी र सरकारमा नयाँ ऊर्जा प्राप्त हुने र सरकार तथा पार्टी सहज ढंगले अगाडि बढ्नेछ ।

“यी कुरामा स्पष्ट भएपछि सरकार र पार्टी आफैँ सहज ढङ्गले सञ्चालन हुनेछ,” राजनीतिक विश्लेषक लालबाबु यादवको भनाइ छ । उनले भने, “अध्यक्षद्वयबीच कार्यविभाजनमा समस्या हुँदा सरकार र पार्टी दुवै प्रभावित भएका थिए, न राम्रोसँग सरकार सञ्चालन भएको थियो, न पार्टी नै तर अब बाँकी सबै समस्याको समाधान हुनेछ ।”

अध्यक्षद्वयको कार्यविभाजन स्पष्ट भएपछि पार्टी तथा सरकार सञ्चालनमा सजिलो भएको र नयाँ ऊर्जा प्राप्त हुने राजनीतिक विश्लेषक श्याम श्रेष्ठको ठम्याइ छ । उनले भने, “अध्यक्षद्वयको कार्यविभाजनले पार्टी र सरकार सञ्चालन गर्न सजिलो भएको छ, नत्र मुख्य समस्या नै त्यसैमा थियो ।’’ तर, अध्यक्षद्वयको कार्यविभाजनबाहेक पार्टीभित्रका अन्य समस्या यथावत् रहेको उनको बुुझाइ छ ।

नेकपा स्थायी समितिको निर्णयअनुसार नेकपाका अध्यक्ष ओलीले वर्तमान प्रतिनिधि सभा रहेसम्म प्रधानमन्त्रीका रूपमा सरकार सञ्चालन गर्नुुहुने छ भने अर्का अध्यक्ष प्रचण्डले कार्यकारीका रूपमा पार्टी सञ्चालन गर्नुहुनेछ ।

गोरखापत्र दैनिकमा सुुरेशकुुमार यादवले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - ०६:३२:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology