सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा हराइरहेका मध्ये ७ जनाको शव फेला परेको छ ।
बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका अझै २४ जना हराइरहेका छन्। पहिरो गएको स्थलमा सभामुख अग्निप्रसाद सापकोटा पनि पुगेका छन् ।
उनी आइतबार बिहानै घटनास्थल गएका हुन् । भेटिएका सात शवको पहिचान हुन सकेको छैन । पहिरोमा वेपत्ताको खोजीकार्यमा नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीका साथै स्थानीय तहका प्रतिनिधि र स्थानीयबासी जुटेका छन् । भीरखर्कबाट पहिरो नागपुजे हुँदै भोटेकासीसम्म खसेको थियो ।