Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार शेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ३७ लाख माथि

आइतबार शेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ३७ लाख माथि

दैनिकी न्यूज

२८, भाद्र २०७७
आइतबार शेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ३७ लाख माथि
images

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६.५६ अंकले बढेर १ हजार ५३७.२५ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.५९ अंकले बढेर ३०३.९७ को विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन १९१ कम्पनीको ७१ लाख ७९ हजार ८ कित्ता शेयरको किनबेच भई ३ अर्ब ३७ करोड ४१ हजार ४४ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ३९ हजार ६१० वटा कारोबार भएको छ ।

यसदिन कारोबारमा आएका कूल १२ उपसमूहमध्ये व्यापार, वित्त र म्युचुअल फण्ड बाहेक अन्य बाँकी सबै समूहका सूचक बढेका छन् । बैकिङ समूह ५.८२ अंक, होटल्स समूह ५७.९६ अंक, विकास बैंक १.३६ अंक, जलविद्युत समूह ४०.१५ अंक, निर्जिवन विमा समूह ३२५.१५ अंक, उत्पादन समूह १७.०८ अंक, अन्य समूह ०.८७ अंक, लघुवित्त समूह ८.२ अंक र जीवन विमा समूह २८३.८८ अंकले बढेको छ । उता व्यापार समूह २९.२२ अंक, वित्त समूह २.९४ अंक र म्युचल फण्ड समूह ०.०८ अंकले घटेको छ ।

सबैभन्दा बढी नेपाल पुनर्बिमा कम्पनीको २४ करोड २० लाख ३२ हजार ३८८ रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोड ३० लाख ७६ हजार ६७ रुपैया, नागरिक लगानी कोष १६ करोड ३९ लाख १८ हजार ५०९ रुपैयाँ, शिभम सिमेन्टको १० करोड ५६ लाख ९७ हजार ५२ रुपैयाँ बराबरको कारोबार भयो ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ४ कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । रिलायन्स लाइफ इन्स्योरेन्स, एनआरएन लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेड र रादी विद्युत कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेको हो । 

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य पनि ९.२४ प्रतिशतले बढ्यो । 

यो दिन नवील ब्यालेन्स फण्ड २ का इकाईधनीले धेरै गुमाए । यो कम्पनीको इकाई मूल्य ९.२७ प्रतिशतले घट्यो । यस्तै, दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले ५.१७ प्रतिशतले आफ्नो सम्पत्ति गुमाए । 


images
प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - १७:३४:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology