Logo

सोमवार, श्रावण २५ गते २०८३

images

विदेशमा अलपत्र परेका नेपालीलाई एक महिनाभित्र नेपाल ल्याउन निर्देशन

विदेशमा अलपत्र परेका नेपालीलाई एक महिनाभित्र नेपाल ल्याउन निर्देशन

दैनिकी न्यूज

२८, भाद्र २०७७
विदेशमा अलपत्र परेका नेपालीलाई एक महिनाभित्र नेपाल ल्याउन निर्देशन
images

काठमाडौं । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीमा गएर अलपत्र श्रमिकहरूलाई कम्तीमा एक महिनाभित्र उद्धार गरी नेपाल फर्काउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ। समितिको आइतबार बसेको बैठकले अलपत्र अवस्थामा रहेका नेपालीलाई नेपाल ल्याउने कार्य तत्काल आरम्भ गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । समितिले वैदेशिक रोजगारीको रूपमा साउदी अरब, कतार, कुवेत, मलेसियालगायतका देशमा गएका र कोभिड– १९ को कारण रोजगारविहीन भई अलपत्र अवस्थामा रहेका श्रमिकहरूलाई नेपाल ल्याउने सम्बन्धमा सम्बन्धित सरकारी निकायहरूबाट प्रभावकारी कार्यसम्पादन हुन नसकेकोसमेत निष्कर्ष निकालेको छ ।

उद्धार गर्ने कार्यमा आवश्यक उडान व्यवस्थापन गर्न एयरलाइन्सहरूसँग आवश्यक समन्वय गरी कार्य सम्पादन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पनि समितिले निर्देशन दिने निर्णय गरेको छ।

विदेशबाट आफैँ आउन नसक्ने गरी अलपत्र परेका श्रमिकहरूको यथार्थ सूचना संकलन गरी त्यस्ता व्यक्तिहरूलाई राज्यकोषबाट खर्च व्यहोरेर ल्याउने व्यवस्था गर्न समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

समिति बैठकमा विदेशमा अलपत्र परेका नेपालीका सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूसँग छलफल गरिएको थियो ।

images
प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - २१:०५:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology