काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ३.२६ अंकले बढेर १ हजार ५४०.५१ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.२८ अंकले बढेर ३०६.२४ को विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन १९० कम्पनीको ८६ लाख ९ हजार ३५९ कित्ता शेयरको किनबेच भई ३ अर्ब १२ करोड ५९ लाख ५४ हजार ७८१ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ४४ हजार १६१ वटा कारोबार भएको छ ।
यसदिन कारोबारमा आएका कूल १२ उपसमूहमध्ये बैकिङ, विकास बैंक, जलविद्युत, वित्त र म्युचल फण्ड बाहके अन्य समूहको मूल्यमा गिरावट आएको छ । बैकिङ समूह १४.६८ अंक, विकास बैंक २०.९८ अंक, जलविद्युत समूह १२.२ अंक, वित्त समूह ६.९४ अंक र म्युचल फण्ड समूह ०.०४ अंकले बढेको छ । उता व्यापार समूह १.०६ अंक, होटल्स समूह १७.४५ अंक, निर्जिवन विमा समुह २५४.५९ अंक, उत्पादन समूह ३८.०५ अंक, अन्य समूह ०.२७ अंक, लघुवित्त समूह २३.२ अंक, जीवन विमा समूह ७९.३२ अंकले गिरावट आएको छ ।
सबैभन्दा बढी नेपाल पुनर्बिमा कम्पनीको १९ करोड ९३ लाख २४ हजार ९८८ रुपैयाँ बराबर कारोबार भएको छ । नेपाल बैंक लिमिटेडको १२ करोड ७० लाख ७ हजार ६७९ रुपैया, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड १९ लाख ३ हजार ७६५ रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीको ११ करोड १४ लाख ४० हजार ९५७ रुपैयाँ बराबरको कारोबार भयो ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ८ कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । अरुणभ्याली हाइड्रोपावर, एनआरएन लघुवित्त, रिलायन्स लाइफ इन्स्योरेन्स, युनियन हाइड्रोपावर, रिडी हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, छयाङ्दी हाइड्रोपावर, बरुण हाइड्रो, सिनर्जि पावर डेभलपमेन्टको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेको हो । यस दिन कारोबारमा आएका अधिकांश जलविद्युत कम्पनीको शेयर मूल्य बढेको छ ।
यो दिन राष्ट्रिय विमा संस्थानको लगानीकर्ताहरुको धेरै गुमाए । यो कम्पनीको शेयर मूल्य ८.१७ प्रतिशतले घट्यो ।