Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु

दैनिकी न्यूज

२९, भाद्र २०७७
नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु
images

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्मकै धेरै १५ जनाको मृत्यु भएको छ। आजसम्म कोरोना संक्रमण भएर मृत्यु हुने यो संख्या बढी हो ।
स्वास्थ्य तथा मन्त्रालययले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मृत्यु हुनेमा ५ महिला र १० जना पुरुष छन्। काठमाडौँका एक महिलासहित ६ जना, ललितपुर र भक्तपुरका एक÷एक जनाकोरोनाकै कारण मृत्यु भएको हो । त्यस्तै मोरङका २ जना, रामेछाप, गोरखा, नवलपरासी, कपिलवस्तु र पर्साका एक एक जना रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

images
प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - १६:४९:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology